सुनसरीबाट २ जना लागूओैषध कारोबारी पक्राउ

Jasus Khabar 3942+ समाचार ( )
२४ चैत्र २०८१

सुनसरी। सुनसरी काेशी गाउँपालिकाबाट सशस्त्र प्रहरी सुनसरीले ब्राउन सुगर सहित दुई जना लागूओैषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी लाेैकहीबाट खटिएको प्रहरी सहायक निरिक्षक सुजन राउतकाे माेटरसाइकल गस्ती टोलिले ब्राउन सुगर सहित दुईजना कारोबारीलाई नियन्त्रणमा लिइएको हो ।


भारतको बेलाहा बजारबाट हात घडीमा लुकाएर ल्याइ रहेको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरिक्षक सुजन राउत टाेलीले भारतीय बजारबाट नेपालतर्फ आईरहेकाे हेटाैडा उपमहानगरपालिका-११ बस्ने वर्ष ३२ काे राजेश लामा र सोही ठाँउका बर्ष २१ काे समीर क्षेत्री शंकास्पद अवस्थामा फेला परेको र चेकजाँच गर्दा हातैं घडी भित्र राखिएको लागू ओषध खैराे हेराेइन जस्तो देखिने पदार्थ कालाे प्लास्टिकमा १.७८ ग्राम फेला परेको जनाएको छ ।


लामा र क्षेत्री दुवै जनालाई बरामद गरिएकाे लागुओैषध सहित आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको र हाल लागुओैषध काराेबार न्युनिकरण तथा नियन्त्रण गर्न सुनसरी सिमामा रहेकाे सशस्त्र प्रहरी कटिबद्ध भई लागेको हुनाले पछिल्लो समय लागुओषध काराेबारी धमाधम पक्राउ पर्न थालेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक एसपी निर्मल थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार