सुनसरीमा फरार प्रतिवादी १० वर्षपछि पक्राउ

Jasus Khabar 3942+ समाचार ( )
४ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । जिल्ला अदालत सुनसरीले लागु औषध मुद्दामा दोषी ठहर गरेका एकजना फरार प्रतिबादीलाई १० वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने बर्ष ३९ को विशाल भुजेल रहेका छन् । गत २०७१ बैशाख १४ गतेको फैसलाले दुई हजार जरिवाना असुल उपर गर्न बाँकी रहेको र फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरिएको हो ।


जरिवाना वापतको रकम असुल गर्न ईलाका प्रहरी कार्यालय धरानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया