मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

Jasus Khabar 3942+ समाचार ( )
३ अशोज २०८२

मोटरसाइकलको ठक्करले सल्लाहीमा एक वृद्धको ज्यान गएको छ ।  

सर्लाहीको हरिपूर्वा नगरपालिकाको संग्राम्पुर-बाँके सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीय गजेन्द्र साहको ज्यान गएको हो ।  

भारतीय नम्बर प्लेटको बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध साहलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

मोटरसाइकलले ठक्कर दिने पर्सा गाउँपालिका–५ का २४ वर्षीय श्रवण साहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको डीएसपी सरोज राईले बताए ।

प्रतिक्रिया