विराटनगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
२९ आषाढ २०८२

 विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन्। 

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। 

ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया