भारतले गर्‍यो पाकिस्तानसँग खेल्न अस्वीकार, विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स संकटमा

Jasus Khabar 3958+ समाचार ( )
१५ श्रावण २०८२

 विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल)को सेमिफाइनलमा भारत र पाकिस्तान आमनेसामने नहुने भएका छन्। इन्डिया च्याम्पियन्सका खेलाडीले पाकिस्तानसँग खेल्न अस्वीकार गरेका छन्। 

पहलगाम आतंकवादी हमलापछि भारतीय पूर्वखेलाडीहरूले छिमेकी देशसँग कुनै पनि प्रकारको क्रिकेट खेल बहिष्कार गरेका हुन्। विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सका चार सेमिफाइनल पुग्ने टोली छनोट भएका छन्। यसमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र अष्ट्रेलिया छन्। इङ्गल्याण्ड र वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल भारत र पाकिस्तानबीच जुलाई ३१ मा खेलिने थियो। यद्यपि, भारतीय  खेलाडीहरूले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरे। यसमा शिखर धवन, इरफान पठान, हरभजन सिंह, युवराज सिंह, सुरेश रैना जस्ता दिग्गज खेलाडी छन्।

यसअघि पनि भारतीय च्याम्पियनले पाकिस्तान च्याम्पियनसँग खेल्न अस्वीकार गरेका थिए। त्यतिबेला पनि शिखर धवन, हरभजन सिंह, सुरेश रैना, युसुफ पठान र इरफान पठान जस्ता पूर्व खेलाडीले खेल्न अस्वीकार गरेका थिए।

यदि भारत र पाकिस्तानबीचको खेल भएन भने पाकिस्तान सिधै फाइनलमा पुग्नेछ। पाकिस्तान लिग चरणमा समूहको शीर्ष स्थानमा छ। भारतले खेल नखेलेमा प्रतियोगिता संकटमा पर्नेछ।  

प्रतिक्रिया

सम्बन्धित समाचार