देशकै सबैभन्दा पुरानो व्यापारिक संस्थाका रुपमा रहेको मोरङ व्यापार संघले विराटनगर महानगरपालिकालाई तिर्नुपर्ने करसमेत नतिरेको पाइएको छ । संघले महानगरलाई मेला आयोजना गर्दा दैनिक ५ हजार रुपैयाँका दरले १० दिनको ५० हजार तिर्नुपर्ने थियो । त्यस्तै टिकटको बिक्रीको ५ प्रतिशत र मेलाभित्र राखिएका विभिन्न खेलको समेत कर नतिरेको पाइएको छ । पटक–पटक तागेता गर्दा पनि संघले कर तिर्नेतर्फ ध्यान नदिएको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “अहिलेसम्म मेला आयोजना गरेबापत मोरङ व्यापार संघले कुनै पनि कर बुझाएको छैन । पटक–पटक ध्यानाकर्षणसमेत गराएका छौं । मेला आयोजना गरेबापत हामीले लिने सबै कर जसरी पनि लिन्छौं ।” मेला आयोजक समितिका संयोजक अनिल साहले महानगरपालिकालाई अगाडि नै कर तिर्नु जरुरी नभएको बताए । मेला सकिए पनि आवश्यक सबै कर तिर्ने उनको प्रतिबद्धता थियो । “हाम्रो संस्था यही छ, हामी भाग्ने होइनौं । महानगरपालिकाले तोकेको सबै कर हामी मेला सकिएपछि तिर्नेछौं,” संयोजक साहले भने ।
>>
महानगरलाई कर नतिरिकनै मेला आयोजना
प्रतिक्रिया
ताजा समाचार
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३
पत्रकार विश्वकर्मा सम्मानित
Jasus Khabar | १४ आषाढ २०८३
जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, सम...
Jasus Khabar | ११ आषाढ २०८३
इनरुवा नगरपालिकाको बजेट ९६ करोड ६७ लाख, पूर्वाधार...
Jasus Khabar | १० आषाढ २०८३