कोशी प्रदेशको बर्खे अधिवेशन आगामी ४ जेठदेखि सुरु हुने भएको छ । >
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ४ जेठमा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए । >
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।>>