त्रिदेशीय टी- २० आईः नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै नेपाल

Jasus Khabar 3942+ समाचार ( )
५ आषाढ २०८२

स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्बीचको खेल आज हुँदै छ । आज राति पौने ८ बजे नेपाल र नेदरल्यान्ड्बीचको खेल सुरु हुनेछ ।

जारी शृङ्खलामा नेपालले हालसम्म दुई खेल खेलीसकेको छ । त्यसमा एक जित र एक पराजय व्यहोरेको छ । नेदरल्यान्ड्ससँगै सोमबार भएको खेलमा नेपालले तेस्रो सुपर ओभरमा पुगेर पराजय व्यहोरेको थियो ।

त्यस्तै आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली स्कटल्यान्डलाई १ बल बाँकी छँदा २ विकेटले पराजित गरेको थियो ।

उता नेदरल्यान्ड्सले हालसम्म तीन खेल खेलेको छ । जसमा १ खेलमा पराजय बोकेको यो टोलीले २ खेलमा जित निकालेको छ । नेपालसँगको पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर विजयी बनेको यो टोलीले स्कटल्यन्डसँग एक खेलमा पराजय र एकमा जित निकालेको छ ।

प्रतिक्रिया