चीन लैजान लागिएको करोडौँ रकम बरामद

Jasus Khabar 3958+ समाचार ( )
४ चैत्र २०८१

चीन लैजान लागिएको करोडौँ रकम प्रहरीले बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति एक कन्टेनरबाट पैसा बरामद गरेको हो। नेपाली पैसासहित ठुलो मात्रामा अमेरिकी डलर बरामद भएको छ। 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले पैसा गन्ने काम भइरहेको र २ बजे पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गरिने बताए। 

प्रारम्भिक अनुसन्धानमा यसमा चिनियाँ गिरोहको संलग्नता देखिएको छ। प्रहरीले चालकलगायत गिरोहका तल्लो तहका केही व्यक्तिलाई पक्राउ गरेको छ। बरामद रकम करिब २५ करोडबराबरको भएको एक प्रहरी अधिकारीले बताए। 

प्रतिक्रिया