खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या

Jasus Khabar 3958+ समाचार ( )
११ श्रावण २०८२

खाटको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गएराति वीरेन्द्रनगर नगरपालिका– १३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजंग बुढथापाले जानकारी दिए ।

रविनाको घटनास्थलमै मृत्यु भएको भनी स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया