भारतबाट तस्करी गरिएको लत्ता कपडा र मोटरसाइकलसहित ठूलो परिमाणमा सामग्री नियन्त्रणमा

Jasus Khabar 3942+ समाचार ( )
१३ वैशाख २०८२

मोहम्मद अफताब हासमी 

भारतबाट अवैध रुपमा भित्र्याइएको लत्ता कपडा, खाद्य पदार्थ र मोटरसाइकल सहितको मालसामान इलाका प्रहरी कार्यालय राजपुरले नियन्त्रणमा लिएको छ।


शुक्रबार दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय राजपुरमा प्राप्त विशेष सूचनाका आधारमा प्र.ब.ह. मनोज कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नं. ४ लतमरी टोल स्थित बाँस घारीमा लुकाइ छिपाई राखिएको मालसामान बरामद गरेको हो।


बाँस घारीको परालले छोपी राखिएको अवस्थामा फेला परेको ती सामग्रीहरू मध्ये युरिया मल ४ बोरा, चिनी २५ किलो, रिफाइन्ड तेल ७ लिटर, चकलेट ३ प्याकेट, लुङ्गी १८ थान, साडी २९ थान र नम्बर प्लेट नभएको एक थान मोटरसाइकल रहेका छन्।


प्रहरीले सम्पूर्ण सामग्री र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको छ। यसबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय राजपुरले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार