नेपाल र वेस्ट इन्डिजबिचको क्रिकेट दसैँमा

Jasus Khabar 3961+ समाचार ( )
१८ भाद्र २०८२

युएईमा हुने नेपाल र वेस्ट इन्डिजबिचको टी-२० सिरिज आगामी सेप्टेम्बर २७,२९ र ३० मा हुने भएको छ।

मगंलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै  नेपाल र वेस्ट इन्डिजबिचको खेल आगामी सेप्टेम्बर २७, २९ र ३० गते हुने जनाएको हो।

यसअघि खेलको तालिका २७, २८, र ३० थियो। क्यानको अनुसार एसिया कपको फाइनलको कारण सिरिजको तालिका परिवर्तन भएको हो। एसिया कपको फाइनल भने २८ गते रहेको छ।

नेपाली राष्ट्रिय  क्रिकेट  टोली मगंलबार मात्र अष्ट्रेलिया  भ्रमणबाट फर्किएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार