५ सय घट्यो सुन , प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
७ भाद्र २०८१

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भाउ केही घटेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी यस दिन १८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया