सतलोक आश्रममा कबीर प्रकट दिवसको तयारी तिब्र, यस्तो छ तीन दिवसीय कार्यक्रम

Jasus Khabar 1+ समाचार ( )
५ आषाढ २०८१

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ ।

परमेश्वर कबीर साहेबको ६२७ बर्ष पहिले जेष्ठ पुर्णिमाका दिन कासी बनारस सहरको लहरतारा नामक तालमा कमलको फुलमा प्राकाट्य भएको मानिन्छ। सोही अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि आश्रममा प्रकट दिवस मनाउन लागिएको हो ।

यही असार ६, ७ र ८ गते हुने तीन दिवसीय प्रकट दिवसको तयारी तिब्र भईरहेको आश्रमले जनाएको छ ।

दिवसको अवसरमा हुने तीन दिवसीय महासमागको आयोजना समेत गरिदै छ । तीन दिवसीय प्रकट दिवसमा दाईजो मुक्त सामुहिक विवाह, रक्तदान शिविर, अखण्ड पाठ, विशाल भंडारा, निःशुल्क मन्त्रदीक्षा र विशाल सत्यसंग समारोहको आयोजना भईरहेको जनाइएको छ ।

आश्रमले धार्मिक भण्डारामा इच्छुक सबैलाई सपरिवारसहित सहभागि हुन आमन्त्रण समेत गरेको छ । उक्त कार्यक्रममा देश विदेशबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजनहरु आउने बताइएको छ ।

प्रतिक्रिया

Dhurub Narayan sah १८ आषाढ २०८१, मङ्गलबार

Dukha me sumiran sab kare, sukha me kare na koi, Je sukha me sumiran kare, to dukha kahe hoye.......

Ram saran dash ७ आषाढ २०८१, शुक्रबार

मानव जीवन दुर्लभ है मिले ना बारंबार तरवार से पत्ता टूट गिरे बहुर न लगे डर

अखिलेश चाैधरी ५ आषाढ २०८१, बुधवार

जा दिन सतगुरू भेटिया ता दिन लेखे जान। बाँकी समय गवा दिया बीना गुरु के ज्ञान।।

अखिलेश चाैधरी ५ आषाढ २०८१, बुधवार

❤️❤️❤️❤️👏👏

Sunil kumar yadav ५ आषाढ २०८१, बुधवार

bahut ramro purna parmatma ko 627 wa prakat diwas parmatma rampal ji maharaj ko rupma dartima aunu bhayeko xa