अभिनेता विपिन कार्कीलाई मातृशोक , दिए आमालाई दागबत्ती

Jasus Khabar 1+ समाचार ( )
६ भाद्र २०८१

संयोग पनि कस्तो, अभिनेता विपिन कार्कीको बिहीबार जन्मदिन, बिहीबारै उनले आमालाई दागबत्ती दिनुपर्‍यो । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भयो । ४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वती कार्कीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विपिन र उनका दाजुले आमाको पार्थिव शरीरमा दागबत्ती दिए ।  विपिनसँग लामो समयदेखि सहकार्य गरेका कलाकारहरुले आर्यघाटमा उपस्थित भएर श्रद्धासुमन व्यक्त गरेका छन् ।

दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्कीसहित सञ्चारकर्मीहरु पनि आर्यघाटमा पुगेका थिए । आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार