राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण (तस्बिर)

Jasus Khabar 3962+ समाचार ( )
३० भाद्र २०८२

नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो।

बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन्। देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ।

दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया