रेबिज लागेर एक जनाको मृत्यु

Jasus Khabar 3942+ समाचार ( )
२५ वैशाख २०८२

रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो। उनी उपचारका लागि हिजो (बुधबार) अस्पताल भर्ना भएका थिए। रासस

प्रतिक्रिया