इनरुवामा आगलागी : फुलबारी रेस्टुरेन्ट एण्ड लजमा क्षति, दमकल र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रण

Jasus Khabar 3958+ समाचार ( )
१८ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१ शान्ति चाैकस्थितमा रहेको फुलबारी रेष्टुरेन्ट एण्ड लजमा भीषण आगलागी भएको छ।


बुधबार साँझमा अन्दाजी ६५ वर्षीय रामसुन्दर श्रेष्ठले सञ्चालित सो रेष्टुरेन्टमा अचानक आगलागी भएको जानकारी प्राप्त भएको हो।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आगलागीको खबर साढे ७ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक सुमन कुमार तिम्सिनाको कमाण्डमा ३५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।


दमकल र सुरक्षाकर्मीहरूको तिव्र प्रयास र स्थानीयवासीको सहयोगमा आगो करिब एक घण्टा पछि साढे ८ बजे पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ।


रेष्टुरेन्ट दुई तले भवन रहेको र पहिलो तल्ला ढलान तथा दोस्रो तल्ला टिनको छाना र काठको सिलिङ रहेको बताइएको छ। आगलागीका कारण भवनको माथिल्लो तल्ला पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने भुईतल्लामा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मानवीय तथा चौपायामा भने कुनै क्षति नभएको पुष्टि भएको छ।


आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको र थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया