सप्तकोशीकिनारबाट १८० किलोग्राम गाँजा बरामद

Jasus Khabar 3958+ समाचार ( )
२ वैशाख २०८२

उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशीकिनारबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको १८० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले आइतबार राति उक्त गाँजा बरामद गरेको हो।

प्रहरी टोलीले टायरको ट्युबमा पानीमा तैरिरहेको अवस्थामा ६ वटा बोराभित्र प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको हो।

बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान गरिएको डिएसपी दोङको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित समाचार