वडाध्यक्ष सुमन प्रकरण: पीडितको आक्रोश : “कानुन केवल गरिबका लागि हो र?”

Jasus Khabar 3942+ समाचार ( )
१४ कार्तिक २०८२

सुनसरी । सवारी दुर्घटनामा अङ्गभङ्ग भएका पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीप्रति असन्तुष्टि जनाएका छन्। पक्राउ पुर्जी जारी भइसकेको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापा अझै पनि फरार रहँदा पीडितले प्रहरी प्रशासनको निष्क्रियतामाथि प्रश्न उठाएका हुन्।

पीडित पक्ष गिता खनालले सामाजिक संजाल मार्फत प्रश्न गरेकी छिन् ।“पक्राउ पुर्जी भएको कहिले हो? कुन मितिमा जारी गरिएको हो, त्यो पनि स्पष्ट थाहा हुनुपर्छ। कानुन केवल गरिबका लागि मात्र हो कि ठूलाबडा नेताका लागि पनि लागू हुन्छ? पुलिस प्रशासनको ध्यानाकर्षण जाओस् त्यतातिर पनि।”उनले थपे “कतिन्जेल भगाएर राख्ने हो? हामी पीडित मरिरहनुपर्ने? राजनीतिको आडमा बस्ने व्यक्तिका लागि मात्रै पुलिस प्रशासन हो र? पुलिस प्रशासनले गरिब, धनी, असहाय, पीडित र सर्वसाधारण सबैका लागि समान रूपमा न्याय दिनुपर्छ।”


यसअघि सवारी दुर्घटनामा परेर खनाल की बहिनीको गम्भीर घाइते भई अङ्गभङ्ग भएका थिए। प्रहरीले थापाको खोजी जारी रहेको बताउँदै खोजी टोली परिचालन गरिएको जनाएको छ।


प्रतिक्रिया