सुडानको शरणार्थी शिविरमा आक्रमण, ४०० जनाको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
२ वैशाख २०८२

सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो।

गत हप्ता आरएसएफले अल-फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो।

सुडानमा डार्फरको नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ। अप्रिल २०२३ देखि यी दुई बीच सत्ताको लागि रक्तपातपूर्ण संघर्ष भइरहेको छ। यसका कारण लाखौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

 

संयुक्त राष्ट्रसंघले पनि मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया