आजदेखि कोरियन भाषा परीक्षाको आवेदन खुला

Jasus Khabar 3942+ समाचार ( )
२६ श्रावण २०८२

आजदेखि कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुला भएको छ ।

आजदेखि कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको  छ । २६–३१ साउनसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कोरियाले उत्पादनमुलक क्षेत्रमा ३५०० र कृषि तथा पशुपालन क्षेत्रमा १८०० गरी ५,३०० कोटा खुला गरिएको छ । यद्यपि, यो संख्या थपघट हुन सक्ने जनाइएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ । 

प्रतिक्रिया