सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ।
>
गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। सोही अनुसार, पूर्व डीआईजी र गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको छ।
>
पक्राउ परिएका जोशीलाई आजै पोखरा लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ। उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन्।
>
संयू थापाको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो।
>>