युद्धविराम घोषणापछि पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु

Jasus Khabar 3962+ समाचार ( )
४ श्रावण २०८२

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले तत्काल युद्धविरामको घोषणा गरेपनि दक्षिणी सिरियामा साम्प्रदायिक झडप जारी छन्।

अल्पसंख्यक ड्रुज समुदाय र घुमन्ते समुदायबीच विगत एक हप्तादेखि हिंसा जारी छ।

दुवै समुदायले एकअर्कामाथि अत्याचारको आरोप लगाएका छन्।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सरकारी सेना तैनाथ गरेका छन्। तर उनीमाथि ड्रुज समुदायमाथि आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ।

हिंसामा ९०० भन्दा बढी मानिस मारिएको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ।  

इजरायलले सिरियाली राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र सरकारी सेनामाथि आक्रमण गरेको थियो। ड्रुज समुदायको सुरक्षाका लागि त्यसो गरिरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार