नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ ।>
शुक्रबार हङहङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेताका रूपमा सुपर-३ मा प्रवेश गरेको हो । >
हङकङ र नेपालको समान ५-५ अंक छ । तर, हङकङभन्दा एक जित बढी निकालेकाले नेट रनरेटमा पछि रहे पनि नेपाल समूह 'सी' को विजेताका रूपमा सुपर-३ मा प्रवेश गरेको हो ।>
>
नेपालले ४ खेलमा २ जित निकाल्दा १ हार ब्यहोरेको छ भने १ नतिजाविहीन टुंगिएको छ । समान ५ अंक जोडेको हङकङले ४ खेलमा १ जित निकाल्दा ३ खेल नजिताविहीन टुंगिएका छन् ।>>