जनकपुरधाम । जनकपुरको राराब कलेजका प्रमुख प्राध्यापक डाक्टर बसन्त कर्णलाई कालोमोसो दलिएको छ । >
कलेजको साईन्स ब्लकमा नीरिक्षणको बेला क्याम्पस प्रमुख कर्णलाई दुई विद्यार्थीले कालोमोसो दलेको हो । विहिबार दिउँसो करिब ४ बजे उनलाई कालोमोसो दलेको क्याम्पसका कर्मचारीहरुले बताएका छन् ।>
सो घटनाको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पुष्टि गरेका छन् । उनले कसले कालोमोसो दलेको प्रहरी अनुसन्धान गरिरहेको बताए । कालोमोसो दलेर भागेकाले त्यसको प्रहरीले खोजीका लागि सीसी क्यामराहरुको फुटेजहरु खोजी गरिरहेको छ ।>
राराबमा यसअघि प्रा. डा. विजयलाल कर्ण क्याम्पस प्रमुख भएको बेला कालोमोसो दलिएको थियो ।>>