चारदिने भ्रमणका लागि चिनियाँ राजदूत चेन सोङ्ग झापा, विभिन्न कार्यक्रममा सहभागी हुने

Jasus Khabar 3942+ समाचार ( )
२८ जेठ २०८२

 नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग चार दिने कार्यक्रमका लागि झापा आइपुगेका छन्। उनलाई चन्द्रगढी विमानस्थलमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूले स्वागत गरेका थिए।

राजदूत सोङ्गलाई प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा, सभामुखका स्वकीय सचिव केशब ढुङ्गेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी नगर उप-प्रमुख खड्गमाया पराजुली, नेकपा (एमाले) का क्षेत्र नं. २ क्षेत्रीय संयोजक बद्री भट्टराई, नेकपा (एमाले) बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, इन्चार्ज अम्बिर लिङदेन, नेता देवराज कार्की लगायतले स्वागत गरेका थिए।

सभामुखका सचिवालय हिमाल मैनालीका अनुसार, राजदूत सोङ्ग भोलिदेखि बिर्तामोड र अर्जुनधाराका विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनेछन्।

 

प्रतिक्रिया