इटहरीमा दिनदहाडै चोरी

Jasus Khabar 3942+ समाचार ( )
२२ वैशाख २०८२


सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बज्रामा आइतबार दिउँसो दिनदहाडै घर फोडेर चोरले सुनचाँदी र नगद रकम चोरी गरेका छन्।


स्थानीय भूपनारायण भण्डारीको घरमा कोही नभएको मौका छोपेर चोरले ढोकाको चाबी फुटाएर घरभित्र पसेर दराजमा राखिएको अन्दाजी ३ तोला सुनका गरगहना र नगद १ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।


घटनाको जानकारी दिउँसो ३ बजे इलाका प्रहरी चौकी बालग्राममा पुगेसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब निरीक्षक दिपेश भण्डारी र प्रहरी चोैली बालग्रामबाट सहायक प्रहरी निरीक्षक सोमनाथ ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।


चोरको खोजी कार्य जारी रहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया