सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Griha Sewa 46+ समाचार ( )
१९ फाल्गुन २०८१

इटहरी : सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राई रहेका छन् ।

बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो । घटनामा घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार