नेपालको कर प्रणाली, विधि विधानभन्दा बाहिर देखिएकाले छानविन थालेको : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
१ पौष २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिदबिक्री नेपालको कर प्रणाली, विधि विधानभन्दा बाहिर देखिएकाले छानविन थालेको बताएका छन् ।

महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै आफूले गठबन्धन र क्याबिनेटबाट निर्णय गरेर छानविन समिति बनाएको बताए ।

उनले सरकारले सुरु गरेको राम्रो काममा सहयोग गर्न आह्वान गरे। उनले आफूले भूमि र वनसम्बन्धि समस्या समाधानको पहल थालेको बताए ।

उनले भने, म कोप सम्मेलनमा जाँदा नेपालीको रक्षाको पक्षमा न्याय माग्दै थिएँ। यता नेपालमा एनसेल खरिदबिक्री हुन थालेको रहेछ। दुवईमै अनलाइनबाट थाहा पाएँ। आउनेबित्तिकै यो जे खेल भएको छ यो नेपालको कर प्रणाली भन्दा बाहिर छ। नेपालको विधि विधानभन्दा बाहिर छ यसको छानविन र अध्ययन गर्न निर्देशन दिँदै थिए। तर, एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकारले अहिले विश्वव्यापीरुपमा देशभरी पनि सामाजिक न्याय, सुशासनको पक्षमा थालेको काम र अर्थतन्त्र सुधारको लाथि थालेका कामहरुबाट आतंकित भएर मलाई एनसेलमा प्रचण्डले अर्बौँ भ्रष्टाचार गर्यो भन्ने प्रचार भएको देखेँ। मैले गठबन्धन र क्याबिनेटको बैठकबाट एनसेलका सन्दर्भमा भएका समग्र गतिविधिलाई छानविनको लागि समिति बनाएपछि तीन फटाहा जसले सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने् षड्यन्त्र गरेको थिएँ। तिनिहरुको मुखमा बुझो लागेको छ।’

उनले नेपालको कुटनीतिक लेबल धेरै माथि उठेको देखेर केही प्रतिक्रियावादी सामन्त दलाल आत्तिएको टिप्पणी गरे।



प्रतिक्रिया